Ad Image

जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737118184.jpg

काठमाडौं । सेना दिवसका अवसरमा यही माघ १५ देखि १८ गतेसम्म जङ्गीअड्डामा ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी’ आयोजना हुने भएको छ ।

नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार, उपकरणलगायत सामग्री प्रदर्शन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो अवसरमा सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयलगायत विविध गतिविधिको प्रदर्शनी हुनेछ ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको सेनाले जनाएको छ ।