Ad Image

हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737212886.jpg

हुम्ला । जिल्ला अस्पताल हुम्लामा सुत्केरी व्यथा लागेर जटिल अवस्थामा रहेकी २२ वर्षीया आशा परियारको सफल शल्यक्रिया गरिएको छ । सीमित स्रोतसाधनका बीच पनि उनको सफल शल्याक्रिया भएको हो ।

 

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गत पुस २९ गते जिल्ला अस्पताल आएकोमा स्रोतसाधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका एमडिजिबी डा हेमविक्रम शाहीले बताए । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी उनको आर्थिक अवस्था कमजोर हुनु, रगत अभाव, अस्पतालमा विशेषज्ञ चिकित्सक हुनुलगायत समस्या थियो । 

 

शल्यक्रियाका लागि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत वा अन्यत्र लैजानुपर्ने समस्या रहेको बताउँदै डा शाहीले आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमा सीमित स्रोतसाधनको उपयोग गरी शल्यक्रिया गरिएको जानकारी दिए । अस्पतालमा कार्यरत डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीहरूको सहयोगमा परियारको सफल शल्यक्रिया भएको अस्तालका सिनियर अनमी सरिता बोहराले बताइन् । 

 

परियारका श्रीमान लभ परियारले भने, “चिकित्सकले सुत्केरीको अवस्था जटिल भएकाले नेपालगञ्ज वा सुर्खेत लैजान भनेका थिए । आर्थिक अभावका कारण जिल्लाबाहिर लैजाने अवस्था थिएन । पछि यहाँका डाक्टर,अनमी, अन्य स्वास्थ्यकर्मीले सफल शल्यक्रिया गरे, सबैलाई धन्यवाद दिन्छु ।” परियारले दुई जुम्ल्याहा छोरी जन्माएकी छन् । जिल्लामा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।