Ad Image

सन्दीप लामिछानेको संकेत, क्रिकेटबाट सन्यास !

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737260279.jpg

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने संकेत गरेका छन् । सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै उनले नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले अगाडि लेखेका छन्– सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरूले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।

उनको यो पोष्टलाई लिएर अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ भने कतिपयले उनले सन्यासको संकेत गरेको समेत बताएका छन् ।  उनले सन्यास नै लिन लागेका हुन् त रु वा केही अरू निर्णय लिन लागे रु भन्ने कौतुहलता सबैको मनमा लागेको छ ।  यसको वास्तविकताबारे सन्दीपलाई मात्र थाहा छ ।  यस बारेमा उनले आफैं केही नभनेसम्म भने यथार्थ थाहा पाउन सकिँदैन । 

सन्दीपले नेपालका लागि ५८ एक दिवसीय र ५८ टी–२० आई खेलेका छन् । नेपाली टोलीबाट विश्वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्वका चर्चित लिगहरू खेलिसकेका छन् ।