Ad Image

स्थानीय तहको निर्वाचन प्रदेशले गराउने कानुन बनाउन प्रमुख आयुक्त थपलियाको सुझाब

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737283174.jpg

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरी कानुन बनाउनुपर्ने बताएका छन् ।


काभ्रेको धुलिखेलमा शनिबार नेपालमा निर्वाचन सुधार स् सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुनले निर्वाचनको अधिकार प्रत्यायोजन गर्न नसकिने भएकाले कानुन संशोधन गरेर भए पनि प्रदेशले स्थानीय तहको निर्वाचन गराउने व्यवस्था गर्नुपर्ने बताए ।


छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने व्यवस्था रहेको भन्दै उनले नेपालमा पनि यो अवस्था लागु भएमा आयोगलाई कुनै आपत्ति नरहने बताए ।


तर, यसका लागि कानुन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख आयुक्त थपलियाले भने, ‘अहिलेको कानुनबाट हामीले स्थानीय तहको चुनाव प्रदेशबाट मात्रै गर्ने, केन्द्र र प्रदेशको चुनाव केन्द्रबाट गराउने गरी जान सकिन्छ । यसमा आयोगको कुनै आपत्ति छैन । तर अहिलेको कानुन फेर्नुपर्छ ।’


साथै उनले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुखरउपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्नेगरी कानुन बनाउन लागिएको बताए ।