Ad Image

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737433708.jpg

काठमाडौं । ४७ औं अमेरिकी राष्ट्रपतिको रुपमा सत्ता सम्हाल्ने बित्तिकै डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताएका छन् । यसै क्रममा उनले अमेरिका–मेक्सिको सिमाना (दक्षिणी सीमा)मा संकटकाल लगाउने बताएका छन् ।

उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।  सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ । अमेरिका–मेक्सिको सीमानाबाट आउने अवैध आप्रवासीको बढ्दो संख्या अमेरिकी राजनीतिमा ठूलो मुद्दा बनेको थियो । ट्रम्पले अवैध आप्रवासी र अपराधीहरू यहीँबाट अमेरिका प्रवेश गर्ने दावी गर्दै आएका थिए । ट्रम्पले यो सिमानामा पर्खाल बनाउने कुरा पनि गरेका छन् ।