Ad Image

महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा 'इनड्राइभ' चालक पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737469590.jpg

काठमाडौं । महिला यात्रुलाई अनलाइनमार्फत यौन दुर्व्यवहारजन्य सन्देश पठाएको आरोपमा इनड्राइभ चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन नारायणी नगरपालिका–४ का २५ वर्षीय इनड्राइभ चालक प्रविन बराल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

मंगलबार बराललाई काठमाडौंबाट पक्राउ गरिएको हो। उनका अनुसार इनड्राइभ प्रयोग गरेकी महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी थिइन्।पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।