Ad Image

चिसो बढेपछि नेपालगञ्ज उपमहानगरले दियो विद्यालयमा ३ दिन जाडो बिदा

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737518897.jpeg

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।