Ad Image

मकवानपुरमा सवारी जाँचमा कडाइ, छ महिनामै गर्यो एक करोड ३२ लाख राजस्व सङ्कलन

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737530786.jpeg

बागमती । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
 

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु. एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ ।


सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारवाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा र. १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको हो ।


अघिल्लो आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारवाही गरी रु. एक करोड १६ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो ।
 

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भिर घाइते भएका छन् ।


ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।