Ad Image

सकियो रविको बयान, थुनछेक बहस भोलि हुने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737546428.jpg

बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

 

न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।  उनले  थुनछेक बहस भोलि हुने समेत जानकारी दिए ।


पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा बयान भएको हो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।


लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए ।