Ad Image

सिरहामा भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737550264.jpg

सिरहा । सशस्त्र प्रहरीले यहाँको औरही गाउँपालिका–४ भट्टीमोडबाट मङ्गलबार भन्सार छली गरेर ल्याइएका लाखौँ मूल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ ।
    

नियन्त्रणमा लिइएको कपडा आज प्रहरीले भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका लत्ताकपडा रु. एक लाख ७४ हजार चार सय ८० रुपैयाँ मूल्य बराबरका छन् ।


कपडा लिएर आएका दुई व्यक्ति भने प्रहरीको गस्ती टोली देखेपछि भागेको उपरीक्षक भण्डारीले बताए ।