Ad Image

सरकारसँग संसदीय समितिले माग्यो डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737552931.jpg

काठमाडौं । संसदीय समितिले सरकारसँग डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना मागेको छ ।


बुधबार सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई अबको १५ दिनभित्र डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना समितिमा पेस गर्न निर्देश गरेको छ ।


सरकारको पूर्वतयारी कार्यायोजना हेरेर सरकारलाई थप निर्देश गर्ने समितिको तयारी छ ।


बैठकमा सांसदहरूले वन डढेलोको जोखिम न्युनिकरण र नियन्त्रणका लािग स्थानीय तह र समुदायलाई बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

उनीहरूले सामुदायिक वनको संरक्षण तथा डढेलो नियन्त्रणका लागि प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताए । बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले डढेलोलाई दुर्घटनाको रुपमा लिन नहुने बताए ।

 

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले आगलागीका घट्ना न्युनीकरण गर्न विपद् व्यवस्थापन प्राधिकरणलाई मजबुत बनाउन जरुरी रहेको बताए ।