Ad Image

२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1734619385.jpg

काठमाडौं । २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट सुरू हुँदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सभापति कप उद्घाटन खेलमा आज ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेबाट सुरू हुनेछ । आजबाट सुरु हुने यो प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ। 

 

प्रतियोगितामा  बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।