Ad Image

२३ पालिकाका निमित्त प्रशासकीय अधिकृतहरुको जिम्मेवारी खोसियो (सूचीसहित)

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737645250.jpg

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वरिष्ठ कर्मचारी हुँदा हुँदै कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै निमित्त प्रमुख प्रशासकीयहरुलाई जिम्मेवारीबाट हटाएको छ ।

मन्त्रालयले  बुधबार (माघ २०) सूचना जारी गर्दै १० नगरपालिका र १३ गाउँपालिकाका गरी २३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो ।  

धनुषा र हुम्लाका ३/३, महोत्तरी, बारा, सर्लाही, मुगु र अछामका २/२ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूलाई निमित्तको जिम्मेवारीबाट हटाइएको छ । उनीहरूले लिएको जिम्मेवारीमा मन्त्रालयबाटै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।