Ad Image

असनमा आगलागीबाट ३५ लाखको क्षति

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737647530.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आज दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् ।

 

घटनास्थलमा परिसरबाट प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारको कमाण्डमा गएको १५ जनाको टोली र जुद्ध बारुण न्युरोडको दुई वटा बारुणयण्त्र र ललितपुरको एक गरी तीन वटा दमकलको सहयोगमा आगो निभाइएको उनले बताइन् । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको परिसरले जनाएको छ ।