भारतमा बलात्कार र हत्या अभियोगमा दोषी ठहर भएका ५ जनालाई मृत्युदण्डको सजाय


काठमाडौं । भारतमा बलात्कार र हत्या गरेको अभियोगमा ५ जनालाई मृयुदण्डको सजाय सुनाएको छ । सन् २०२१ मा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको र सो क्रममा ती किशोरीसहित परिवारका अन्य सदस्यले प्रतिकार गर्न खोज्दा सबैको हत्या गरेको अभियोगमा अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।
उनीहरुले बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरेका थिए । बलात्कार र तीन जनाको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले अर्का एकजनालाई पनि दोषी ठहर गरेपनि बलात्कारमा संलग्नता प्रमाणित नभएकाले हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको छ ।