Ad Image

धनगढीकाे मालपोत रोडमा बनाइएकाे वाल पेन्टिङमा जथाभावी कलमले काेर्ने काे हाे ?

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737709899.jpg

धनगढी । धनगढी उप-महानगरपालिका वडा न. १ मालपोत रोडमा रहेकाे भित्ता पेन्टिङ गरेर सजाइएकाे  छ ।

 

मेयर गाेपाल हमालले याे राेड राम्राे बनाउन पालिकाकाे निक्कै पैसा खर्च गरेका छन् । तर राेडमा बनाइएका वालमा गरिएकाे पेन्टिङमा जथाभावी काेरिएकाे भेटिएपछि मेयर हमालले  पेन्टिङ बिगार्ने व्यक्तिकाे खाेजी गरेका छन् ।

 

 

हमालले सामाजिक सञ्जालमा एक सूचना सार्वजनिक गर्दै पेन्टिङ बिगार्ने व्यक्तिकाे खाेजी गरेका हुन् । वाल पेन्टिङमा जथाभावी कलमले कोरिएकाे देखिन्छ ।  वाल पेन्टिङमा जथाभावी कलमले काेर्ने व्यक्ति देखेमा ०९१-५९०६९० नम्बरमा सम्पर्क गर्न हमालले अनुराेध गरेका छन् ।

 

 

स्थानीय सरकार सञ्जालनमा मेयर ाेपाल हमाल कामले चर्चि छन् । उनले धनगढीमा मिहिनेतका साथ काम गरिरहेका छन् ।