Ad Image

दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता

User Image मेयरसाप डेस्क | ५ महिना अगाडि
Image of storage/news/1737722383.jpeg

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दाङमा सहिद तथा बेपत्ता परिवारसँग भेटवार्ता गरेका छन् । तुलसीपुर–८ का बटवलपुरका सहिद परिवासँग भेटघाट गरेका हुन् ।

 

त्यसअवसरमा दाहालले बेपत्ता र सहिद परिवारको हितका लागि आफू सरकारमा हुँदा पहल गरेको बताए । टिआरसी विधयेक पास गर्न सफल भएकोसमेत उनको भनाइ थियो । उनले सहिद परिवारलाई भेट्न पनि गाउँगाउँमा जाने गरेको बताए ।

 

जहाँ एकैघरका छ जना सहिद भएका थिए । घरमै बसिरहेका अवस्थामा नेपाली सेनाले बम बिस्फोट गर्दा आमा चम्फाकली चौधरी, छोरा सीतकुमार चौधरी, छोरी कमला चौधरी, छोरा चन्द्रबहादुर चौधरी, छोरी रामकुमारी चौधरी, छोरी रिता चौधरीको घरमै बसिरहेको अवस्थामा मृत्यु भएको हो । सोही वडामा १९ जना सहिद परिवार छन् ।