Ad Image

हमासले छाड्यो चार इसराइली बन्धक

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737800503.png

एजेन्सी । गाजामा युद्धविराम घोषणा भएको एक साताका बीचमा दाेस्राे चरणमा हमासले ४ जना सेनाका बन्धकलाई छाेडिदिएकाे छ ।

 

शनिबार हमासले चार इसराइली सेनाका युवतीलाई बन्धकमुक्त गरेको हाे। शनिबार रिहा गरिएका चार जना महिला फिल्ड इन्टेलिजेन्स बटालियनको युनिट ४१४ मा फिल्ड पर्यवेक्षकको रूपमा सेवा गरिरहेका थिए जब हमास लडाकूहरूले गाजासँगको सीमामा रहेको आफ्नो बेसमा आक्रमण गरे र आगजनी गरे।

 

बन्धकमुक्त हुनेमा करिना एरिएभ, ड्यानियला जिल्बोआ, नामा लेभी र लिरी अलबाग छन्। लिरी १९ वर्षकी छन्। बाँकी तीनै जना २० वर्षका छन्।

 

उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएकाे थियाे। रेडक्रसले इसराइली डिफेन्स फोर्स (आइडिएफ)को जिम्मा लगाएको छ। आइडिएफले बन्धकमुक्त हुनेहरूको परिवारलाई खबर गरेका थिए।

 

हमासले बन्धक रिहा गरेपछि इसराइलले पनि प्यालेस्टिनीहरूलाई कैदमुक्त गरेको छ। इसराइल र हमासबीच गत आइतबार युद्धविराम भएको थियो। त्यसदिन हमासले तीन  जनालाई बन्धकमुक्त गरेको थियो भने इसराइलले जेलमा रहेका ९० जनालाई कैदमुक्त गरेको थियो।

 

पहिलो चरणको युद्धविराम ४२ दिनको हुने भनिएको छ। सो अवधिमा हमासले ३३ जना बन्धक छाड्ने सम्झौता भएको छ भने इसराइलले २००० भन्दा बढीलाई कैदमुक्त गर्नेछ।

 

हमासले प्रत्येक साता चार जना बन्धक रिहा गर्नेछ। सोही आधारमा इसराइलले प्यालेस्टिनीहरूलाई जेलबाट छाड्नेछ। पहिलो चरणको युद्धविरामकै अवधिमा दोस्रो चरणको युद्धविरामका लागि मध्यस्तकर्ताहरुले छलफल गर्नेछन्।

 

युद्धविराम तीन चरणमा हुने भनिएको छ।