Ad Image

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737982162.jpg

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । बैठकमा आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशन, पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।


बैठकबारे सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘माघ १८ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरू हुँदै छ। विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनबाट हामीले धेरै कानुन निर्माण गर्नुपर्ने छ । अधिवेशनको तयारीबारे सरकार पक्षीय दलहरूको बैठक आज बसेको छ ।’