Ad Image

विदेश पठाइदिने प्रलोभनमा पारि एक करोड बढी ठगी गर्ने चार जना पक्राउ

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738053057.jpg

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई  पक्राउ परेका छन ।

 

सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।  


अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै रु. २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट रु. तीन लाख,  विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा रु. ९७ लाख ५४ हजार  र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु.  एक लाख ६० हजार ठगेका थिए ।

 

अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।