Ad Image

शैलुङ गाउँपालिकामा सोनाम ल्होछार मनाउन तीन दिन स्थानीय पर्व विदा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738145372.jpg

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा तीन दिन विदा दिएको छ ।

 

शैलुङ गाउँपालिकाले आज सूचना जारी गर्दै तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछारको अवसरमा आजदेखि शुक्रबार १८ गतेसम्म स्थानीय पर्व विदा दिएको हो । पालिकाभित्र तामाङ समुदायको बाहुल्य रहेको कारण पालिकाले नयाँ वर्ष डुल सा पुख्री ल्हो(सर्प वर्ग)मञ्जसश्री सम्बत २८६१ सोनाम ल्होसारको विदा दिएको जनाएको छ ।

 

जिल्लाको मेलुङ र बैतेश्वर गाउँपालिकाले पनि ल्होसार मनाउन शुक्रबार स्थानीय पर्व विदा दिएको छ । भोली सोनाम ल्होसार पर्व तामाङ समूदायले धुमधामका साथ मनाउँदैछन् ।