Ad Image

त्रिदेशीय महिला टी-२०आई सिरिज आजबाट सुरु, पहिलो खेल नेपालले नेदरल्याण्ड्ससँग खेल्ने

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738213797.jpg

काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय महिला टी-२०आई सिरिज सुरू हुँदै छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजको पहिलो खेल नेपाल र नेदरल्याण्ड्सबिच हुनेछ । उक्त खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।

 

नेपालले महिला क्रिकेटमा पहिलो पटक नेदरल्याण्ड्ससँग भिड्न लागेको हो । सिरिजका एक टोलीले ६ खेल खेल्नेछ । नेपालले नेदरल्यान्डस् र थाइल्यान्डसँग ३-३ खेल खेल्नेछ ।

 

नेदरल्यान्डस् र थाइल्यान्डले पनि एक आपसमा ३ खेल खेल्नेछन् । यी खेल सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिरिजको उपाधि जित्नेछ ।