Ad Image

आजको मौसमः तराईमा हुस्सु, कोशी प्रदेशका पहाडी भागमा छिटपुट वर्षाको सम्भावना

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738301317.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशका पहाडी भागमा छिटपुट वर्षाको सम्भावना देखिएको छ ।


विभागले पश्चिमी वायुको प्रभावका कारण कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने वताएको छ । विभागले तराईका धेरै स्थानमा भने हुस्सु लागेको भन्दै सतर्क रहन भनेको छ ।


विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।


विभागले शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भनेको छ ।