Ad Image

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत भेटिए

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738382290.jpg

काठमाडौं । कञ्चनपुरमा नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी मृत भेटिएका छन्। शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै कलौनीको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।  
 
सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए ।  अहिले घटनास्थललाई सिल गरिएको छ। चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ। मृत्युको कारण खुलेको छैन।