Ad Image

नेपाल गणित समाजको सभापतिमा डा. श्रीराम खड्का भारी मतले विजयी

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738462861.jfif

काठमाडौं । नेपाल गणित समाजको केन्द्रीय सभापतिमा सहप्राध्यापक डा. श्रीराम खड्का विजयी भएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालयमा सम्पन्न भएको निर्वाचनमा ३४७ मत ल्याएर खड्का विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डा. जिवन काफ्लेले १८३ मत मात्र पाएका छन् । 

 

यसैगरीे उप–सभापतिमा डा. परमेश्वरी कट्टेल विजयी भएका छन् । उनले ४०७ मत पाउँदा उनका प्रतिस्पर्धी डा. अजयकुमार चौधरीले ११ मत ल्याएका छन् । सचिवमा डा. रमेश गौतमले ३७२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी टेकबहादुर बुढाथोकीले १५३ मत ल्याएका छन् ।  

 

त्यसैगरी सह–सचिवमा डा. नवराज अधिकारी विजयी भएका छन् । उनले ३०६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी विष्णुप्रसाद भण्डारीले २१८ मत ल्याएका छन् । सदस्यहरुमा डा. शर्मिला श्रेष्ठ,  विश्वेश्रप्रसाद भट्ट,  पुष्पनिधि गौतम,  सुशिल खड्का,  गुनाखर पोखरेल र  डा. खरीका देवी पराजुली विजयी भएका छन् । कोषाध्यक्षमा भने डा. सरस्वती आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।