महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु


जलेश्वर । महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । आगजनी घटनाको अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो।
अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको र उपचारको क्रममा शनिबार राति २ः३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए
२०३८ सालमा गाउँकै एकजनाको खेतमा भएको आगजनी घटना अभियोगमा धनुषा जिल्ला दालतले उनलाई दोषी ठहर गरेको थियो। त्यसबेलादेखि फरार लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।