Ad Image

स्वर्गद्वारी गुठी पीडित मोही किसानको माइतीघरमा प्रदर्शन

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738477214.PNG

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेको छ ।


दाङ देउखुरीबाट यही माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका उनीहरुले आज माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।


उनीहरु गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् । परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका छन् ।


२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो । उनीहरुले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।


स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरू गर्ने र संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता गर्दै गुठी सम्बन्धी कानुन कानुन निर्माणमा सल्लाह सुझाव दिने सहमति भएको थियो ।


तर सरकारले अहिलेसम्म पनि कानुन निर्माण नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसानहरु भरतराज गिरीको नेतृत्वमा अनिश्चितकालीन धर्ना दिन भन्दै काठमाडौं आएका छन् ।