Ad Image

नेपालका लागि नेदरल्यान्डस्‌को १४१ रनको लक्ष्य, सीताको कीर्तिमानी बलिङ

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738485840.jpg

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्डस्‌ले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।


टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डस्‌ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । नेदरल्यान्डस्‌की कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन बनाइन् ।


बलिङमा नेपालकी सीता रानामगरले कीर्तिमानी बलिङ गरिन् । उनले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर ५ विकेट लिइन् ।


त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।