Ad Image

युके पठाइदिने भन्दै साढे ३७ लाख ठगी गर्ने एकजना पक्राउ

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738567737.jpg

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डारी छन् ।

 

मदनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।


उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।