Ad Image

दोलखाको मेलुङमा विद्युत सट हुँदा दुई घर जलेर नष्ट, २० लाख बराबरको क्षति

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738568596.jpg

दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा विद्युत सट भई आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।

 

मेलुङ गाउँपालिका –६ खत्रीटोलका मान बहादु खत्रीको घरमा विद्युत सट भई आगलागी हुँदा दुई भूकम्प प्रतिरोधी घर जलेर नष्ट भएको हो । आगलागीबाट दुई वटा घर जलेर नष्ट हुनुका साथै ६ लाख नगदसहित सुनचाँदी र गरगहना गरी करिब २० लाख बराबरको क्षति भएको मेलुङ–६ का वडाध्क्ष कुसुम लामाले जानकारी दिए ।

 

गयराती करिब ९ बजे लागेको आगो स्थानीयले निभाएका थिए । अहिले प्रहरी टोली घटनास्थलमा जाँदै गरेको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिए ।