Ad Image

गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738594890.jpeg

गण्डकी । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो । 

“प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो”, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।