Ad Image

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738660526.jpg

सर्लाही । सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ।

 

प्रदेश २-०३-००१ त ३०७१ नम्बरको ट्याक्टर अनियन्त्रित भइ धनकौल-२ स्थित पोखरीमा खस्दा अन्दाजी २६ वर्षीय चालकको मृत्युु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ।

 

मृतक चालक भारतीय नागरिक रहेको प्रहरीको आशङ्का छ। ट्याक्टरधनी बलरा नगरपालिकाको अर्नाहका रहेको बुझिएको र ट्याक्टरधनी सम्पर्कविहीन रहेकाले मृतक चालकको सनाखत हुन सकेको छैन्।

 

प्रहरीले मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।

 

घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।