सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग अध्यादेशबारे छलफल गर्दै


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकमा अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेशका बारेमा प्रतिपक्षले चर्को विरोध जनाउँदै आएको छ ।
बैठकमा नेपाली कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागि हुनेछन् । अध्यादेशका विषयमा सत्तापक्ष र विपक्षीबीच मतभिन्नता रहेको छ । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।