भ्यालेन्टाइन ह्वीक: मन पराएका प्रेमीहरूसँग खुल्न सक्नुभएकाे छैन ? यसरी प्रपाेज गर्ने कि !


एजेन्सी । अंग्रेजी महिना फेब्रुअरी, प्रेमिल महिना हो । जाडाे सकिएर नेपालमा न्यानाे माैसम सुरू भएकाे याे अवसरमा सम्बन्धमा न्यानाेपन ल्याउन भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस प्रख्यात छ ।
हुन त याे नेपाली संस्कृतिमा आयात गरिएकाे चलन हाे । तर पछिल्लाे समय भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नेपालमा निक्कै चर्चित छ । प्रेम गर्नेहरूका लागि कुनै दिन त कुरिरहन पर्दैन । तर भ्यालेन्टाइन डे लाई आफूले मन पराएको वा चाहेको मानिसलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिनकाे रूपमा लिइन्छ । यस दिन प्रेमी–प्रेमीकाहरूले प्रेम साटासाट गर्ने अवसर पाउँछन् । अनि, तपाईँले माया गरेकाे व्यक्तिलाई प्रेम व्यक्त गर्न सकिरहनु भएकाे छैन भने याे उत्तम अवसर पनि हाे ।
भ्यालेन्टाइन डे को इतिहास
भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोम सहरबाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर सुरू भएको भ्यालेन्टाइन डेको इतिहास भ्यालेन्टाइन भन्ने सन्तको बलिदानसँग सम्बन्धित रहेकाे मानिन्छ । रोमनको सम्राटले युवा प्रेम र विवाहमा लागेर सैनिक सेवा प्रभावित हुन्छ भनेर प्रतिबन्ध लगाएका थिए ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरू प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे । त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले ।
पादरीले बिहे गराइ दिएको खबर एक कान दुई कान मैदान हुँदै सम्राटसम्म आइपुग्यो । र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो । अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए ।
भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो । उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो । भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ । भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खबर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो ।
भ्यालेनटाइनको बुझाइअनुसार अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाको आदेश समेत अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्ने, जोडीहरु खोजेर सार्वजनिक स्थलमै सामूहिक विवाह गराइ दिन्थे ।
बीसौं शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो । तर विश्वका केही मुलुकहरूमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ । जसमा साउदी अरब, इराक, इन्डोनेसिया छन् भने मलेसियामा मुस्लिमलाई यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ ।
पहिला एक दिनमात्र अर्थात फेब्रुअरी १४ मा भ्यालेन्टइन डे मनाइन्थ्यो । अहिले साताव्यापी रुपमा मनाइन्छ । यसको सुरुवात रोज डेबाट हुन्छ । तपाईँ पनि प्रेममा हुनुहुन्छ भने सुरूमा गुलाब दिनुहाेस्, त्यसपछि प्रपोज गर्नुहाेस्, त्यसपछि चकलेट दिनुहाेस्, त्यसपछि टेडी दिनुहाेस्, त्यसपछि प्रमिस गर्नुहाेस्, त्यसपछि अंकमाल गर्नहाेस् र आखिरमा भ्यालेन्टाइन डे मनाउनुहाेस् र जीवनमा एक प्रेमी जाेड्नुहाेस् ।
भ्यालेन्टाइन ह्वीक कसरी मनाइन्छ त ?
७ फेब्रुअरी (रोज डे):– भ्यालेन्टाइन डेको सुरुवात रोज डेबाट हुन्छ । यो दिन रोज डेको रुपमा मनाइन्छ । आफ्नो भावना व्यक्त गर्नको लागि फरक फरक रंगको गुलाबको प्रयोग गर्न सकिन्छ । प्रेमको लागि रातो र साथीको लागि पहेँलो गुलाब दिने चलन छ । आफूलाई मनपर्ने मानिसलाई रातो रंगको गुलाब दिएर प्रेम प्रस्ताव राख्ने गरिन्छ । फूल स्वीकार भएमा प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ ।
८ फेब्रुअरी (प्रपोज डे):– यो दिन प्रेमी–प्रेमीकाहरु आफूलाई मनपर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्न सक्छन् । यदि कसैलाई मन पराउनु हुन्छ भने यो दिन तपाईंको लागि उपयुक्त हुन सक्छ । तपाईंलाई मन परेको व्यक्तिलाई मनको कुरा भनिहाल्नुहोस् । किनभने यो दिन तपाईंको हो ।
९ फेब्रुअरी (चकलेट डे):– यो दिन चकलेट डेको रूपमा मनाइन्छ । गुलाबको फूल दिएर प्रपोज गरिसकेपछि तपाईंको प्रेमसम्बन्धलाई प्रगाढ बनाउनको लागि चकलेटबाट सुरूवात गर्ने चलन छ । यस दिन प्रेमी–प्रेमीकाको लागि चकलेट दिएर आफ्नो सम्बन्धमा चकलेट जस्तै मिठास बनाउने प्रयास हुन्छ । यस दिन मिठाई दिएमा सम्बन्ध अझ नजिक हुन्छ भन्ने मान्यता छ । चकलेटको स्वाद जस्तै तपाईंको प्रेमलाई पनि मिठासको आवश्यकता हुन्छ ।
१० फेब्रुअरी (टेडी डे):– यस दिन सफ्ट र सुन्दर टेडी बियर दिएर आफ्नो प्रेम अझ गहिरो र मजबुत बनाउन सक्नु हुनेछ । चकलेटबाट अघि बढेर तपाईंको सम्बन्ध टेडीसम्म आइपुग्छ । यो दिनमा तपाईंले आफ्नो मन र मायाको अवस्था अनुसार आफ्नो नजिकको मानिसलाई टेडी उपहार स्वरुप दिन सक्नुहुनेछ । टेडी गिफ्ट गरेर तपाईको प्रेमी–प्रेमीकालाई प्रेम महसुस गराउनुहोस् ।
११ फेब्रुअरी (प्रमिस डे):– प्रमिस डे अर्थात वाचा गर्ने दिन । यो दिन अझ खास हुन्छ । प्रेमील जोडीहरुको लागि यो दिनले धेरै महत्व राख्छ । यस दिन मन परेको व्यक्तिसँग वा आफ्नो प्रेमी–प्रेमिकासँग प्रेम सम्बन्ध निभाउने बचन गर्छन् । आफ्नो प्रेमसम्बन्ध मजबुत बनाउनको लागि एक अर्कासँग प्रमिस गर्नुहोस् । एक अर्कासँग प्रेमसम्बन्ध इमान्दारिताको साथ निभाउने संकल्प गर्नुहोस् ।
१२ फेब्रुअरी (हग डे):– यस दिन आफ्नो प्रेमी प्रेमीकाको लागि प्रेमले भरिएको हग गरेर आफ्नो प्रेमी–प्रेमीकालाई बिशेष महसुस गराउनुहोस् । यस दिन प्रेम प्रगाढ बनाउने अवसर हुन सक्छ । यो दिन एक प्रेम र आत्मियता महसुस गराउने दिन हो । त्यसैले आफ्नो प्रेमी–प्रेमिकासँग आत्मियताको साथ ‘टाइट हग’ गर्नुहोस् ।
१३ फेब्रुअरी (किस डे):– यस दिन प्रेमी प्रेमिका चुम्वन (किस) को माध्यमबाट आफ्नो प्रेम दर्शाउनुहोस् ।
१४ फेब्रुअरी (भ्यालेनटाइन डे):– भ्यालेन्टाइन डे । यो दिन प्रेम गर्नेहरुको लागि सबैभन्दा महत्वपूर्ण दिन हो । यस दिन आफ्नो प्रेमी–प्रेमीकासँग सारा दिन बिताउन सक्नुहुनेछ । आफ्नो प्रेमी–प्रेमीकालाई गिफ्ट दिन सक्नुहुनेछ । यो दिन मनपर्ने ठाउँमा जान सक्नुहुनेछ । एक अर्कासँग रोमान्टिक समय बिताउन सक्नु हुनेछ ।