प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेश पास गराउने तयारी


काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेशहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यबिधी तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्नेछन् ।
साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० पेश गर्ने’ कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक बर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन’ पेश गर्नेछन् । साथै, आजको बैठकमा त्यसो त सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
जसअनुसार “सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।