Ad Image

अध्यादेशबारे निर्णय गर्न जसपाको बैठक बस्दै

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738808269.jpg

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारले हालै जारी गरेको अध्यादेशको पक्ष वा विपक्षमा कता मतदान गर्ने भन्ने बारेमा आज निर्णय लिँदैछ । अध्यादेश प्रतिनिधिसभाबाट पारित हुन सक्ने भएता पनि राष्ट्रिय सभामा भने जसपा नेपाल बिना नसकिने भएपछि उसले बार्गेनिङ बढाइरहेको बेला आज निर्णय लिन लागेको हो ।

 

अध्यादेशको पक्षमा उभिने कि नउभिने भन्ने बारेमा जसपाले पर्यटन तथा अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ । यादवले तीन दिनदेखी भूमि सम्बन्धी विज्ञ, अर्थ विज्ञलगायतसँग छलफल गरेको भए पनि अहिलेसम्म नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनलाई निर्णय दिइसकेको अवस्था भने छैन ।

 

तर, जसपाले बिहीबार बिहान संसदीय दलको बैठक राखेर सो बारेमा निर्णय लिने भएको छ । उक्त बैठकबाट अध्यादेशमा पार्टीको धारणा तय गरिने कार्यदल संयोजक यादवले जानकारी दिएका छन ।

 

संविधानले संसदको अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने भने पनि संसद् अधिवेशन सुरु भएपछि पहिलो बैठक मै दुवै सदनमा अध्यादेश पेस गर्नु पर्ने संवैधानिक व्यवस्था छ । अध्यादेश दुवै सदनमा पेस गरेर दुवै सदनबाट स्वीकार हुनुपर्ने प्रावधान रहेकाले जसपा नेपाल निर्णायक भएको हो । बिहीबार नै प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिसकेको छ ।