Ad Image

कमलपोखरीको मम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738817410.jpg

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा सिलिण्डर विष्फोट हुँदा घाइते भएका १४ जनामध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

 

कमलपोखरीको सानदार मस्म पसलमा ग्याँस सिलिण्डर पड्किएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । घाइते हुनेहरू पनि सोही पसलका कामदार रहेको उनले बताए ।

 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।