Ad Image

तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक बारा प्रहरीको नियन्त्रणमा

User Image मेयरसाप डेस्क | ५ महिना अगाडि
Image of storage/news/1738847799.jpeg

काठमाडौं । बारा प्रहरीले तस्करीको आशंकामा एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। बिहीबार बिहान प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट ना ८ख ४५६३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। गौरबाट काठमाडौं जाँदै गरेको ट्रक पथलैया चोकमा चेकजाँचमा खटिएको टोलीले बिहान ६ः५० बजे नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

उक्त ट्रकमा ६५ लाख २९ हजार ९५० रुपैयाँ बराबरको कस्मेटिक, जुत्ता, कपडा, औषधी, हार्डवेयरलगायतका खुद्रा सामान रहेको प्रहरीले जनाएको छ। ती सामान बिलबिजक भन्दा बढी देखिएपछि तस्करीको आशंका गरी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।