ट्रम्पले गरे अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र उसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारवाही गरेको आरोप लगाइएको छ।
यस आदेश अन्तर्गत आईसीसीका अधिकारीहरू र उनीहरुका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने जो कोहीलाई आर्थिक र भिसा प्रतिबन्ध लगाइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।
गत नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आईसीसीले नेतन्याहुमाथि गाजामा युद्ध अपराध गरेको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गर्दै आएको छ । आइसीसीले हमास कमाण्डरविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।