Ad Image

बाँके बैजनाथ गाउँपालिकामा कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739087646.jpg

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका– ८ का २५ वर्षीय दिनेश रोकायको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ का३५ वर्षीय रामबहादुर राना र वडा नम्बर ६ का १७ वर्षीय एक किशोर रहेका छन् ।


ती किशोरको परिचय भने प्रहरीले खुलाएको छैन । वडा नम्बर ८ स्थित बिचलाईनस्थित एक विवाह कार्यक्रममा शुक्रबार विवादपछि कुटपिट भएको थियो ।


कुटपिटको क्रममा दिनेश गम्भीर घाइते भएका थिए । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दिनेशलाई तत्काल उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।


पछि भारतको लखनउमा उपचारका लागि पठाइएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमै उपचार भइरहेको छ ।


प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।