Ad Image

सेयर बजारमा ११.४९ अंकको गिरावट

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739095960.jpg

काठमाडौं । आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो । योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ ।


विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले बजार घटेको थियो ।  बजार झर्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडमा खुम्चियो ।


६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स ०.८०, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.२५ तथा व्यापार समूह १.३९ प्रतिशत घटे ।

 

अन्य १.३०, निर्जीवन बीमा ०.५७, जीवन बीमा ०.७६, लगानी ०.३९, हाइड्रोपावर ०.५०, होटल तथा पर्यटन ०.२४, विकास बैंक १.३५ र बैंकिङ सेक्टर ०.३५ प्रतिशत घटे ।


दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । गार्डियनको आजदेखि कारोबार सुरु भएको हो । जसको मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ १० पैसा छ ।


त्यस्तै उपकार लघुवित्तको ६, इनिफिनिटी लघुवित्तको ६ तथा अपरलोहोरेखोलाको ५.२ प्रतिशत मूल्य बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ६.५, सिन्धु विकास बैंकको ५.६ तथा भूगोल इनर्जीको ४.६ प्रतिशत घट्यो ।


कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीएचडीसी, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।