Ad Image

बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, केही व्यक्ति पक्राउ

User Image मेयरसाप डेस्क | ४ महिना अगाडि
Image of storage/news/1739117247.jpg

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको हो। छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैं आइतबार बेलुका बुढानिलकण्ठ पुगेका थिए।

 

अधिकारीका अनुसार शंकास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो। यसक्रममा केही व्यक्तिहरू पक्राउ परेको अधिकारीले बताए। ‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’

 

अधिकारी एक साताअघि मात्रै परिसरमा नयाँ प्रमुख भएर आएका हुन् । अधिकारीले के कति व्यक्ति पक्राउ परेको र के कस्तो विवरण हो विस्तृत विवरणबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताए ।