Ad Image

संसद्‍को कार्यसूचीमा मिडिया काउन्सिल विधेयक पारित गर्ने प्रस्ताव

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739165037.jpg

काठमाडौं । संघीय संसद्का दुवै सभाको बैठक बस्दैछ । सोमबार एउटा-एउटा विधेयक पारित गर्ने दुवै सभाको सम्भावित कार्यसूची छ ।


प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।


अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्ने अर्को कार्यसूची छ । पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।


राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गर्ने कार्यसूची छ । यो विधेयक पनि पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।