Ad Image

सुनकाे मुल्य तोलामा एक हजार चार सयले बढ्याे

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739170210.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु. एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक हजार चार सयले बढेको हो ।


त्यस्तै आजका लागि चाँदीको कारोबार मूबल्य प्रतितोला रु एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी रु. एक हजार नौ सय ६० मा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।