Ad Image

काठमाडौँमा दुई समुहबीच झडप, छुरा प्रहार गरि एक युवकको हत्या

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739184890.jpg

काठमाडौँ । काठमाडौँमा दुई समुहबीच झडप हुँदा काभ्रेपलाञ्चोक घर भएका एक युवकको मृत्यु भएको छ ।

 

दुई समुहबीच आज बिहान भएको झगडाका क्रममा काभ्रेपलाञ्चोक घर भएका २२ वर्षीय अमृत कार्कीको मृत्यु भएको हो । कार्कीको काठमाडौँको चाबहिलस्थित कुमारी गालमा छुरा प्रहार गरि हत्या भएको प्रहरी वृत्त गौशालाका प्रहरी अधिकृतले जनाएका छन् ।

 

प्रहरीले घटना लगत्तै हत्याको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएका छ । घटनाको विषय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ ।