सहकारी ठगी प्रकरणः पूर्वडीआईजी जोशी पुर्पक्षका लागि जेल चलान


काठमाडौं । रुपन्देही जिल्ला अदालतले सहकारी रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि यो आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका जोशीलाई अदालतले थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए । पछि बुझ्दै गएअनुसार हुने गरी तत्काललाई थुनामा पठाउने आदेश भएको ज्ञवालीले बताए ।