Ad Image

मस्कले च्याटजिपीटी किन्ने भनेपछि अल्टम्यानले भने– म ट्विटर किन्छुु

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739245791.jpg

न्युयोर्क । अमेरिकी अर्बपति एलोन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानबीच सामाजिक सञ्जालमा युद्ध सुरु भएको छ । दुवैले एकअर्काको कम्पनी किन्ने प्रस्ताव गरेका छन् । पहिला मस्कले आफु ओपनएआई किन्न तयार भएको बताएका थिए । जवाफमा अल्टम्यानले यो प्रस्ताव अस्वीकार गरे र आफुले पनि ट्विटर किन्ने प्रस्ताव गरे । 

 

च्याट जिपिटी निर्माता ओपनएआई सन् २०१५ मा मस्क र अल्टम्यानले सँगै सुरु गरेका थिए। मस्क सन् २०१८ मा यस कम्पनीबाट अलग भएका थिए । अहिले केही समय अघि मस्कले ओपनएआई र अल्टम्यानविरुद्ध धेरै मुद्दा दायर गरेका पनि छन् । सुरुमा गैर नाफामुलक भनेर राख्ने भनिए पनि कम्पनी अहिले आफ्नो मौलिक बाटोबाट हटेर एआई उपकरणबाट नाफा कमाउनेतर्फ अघि बढेको मस्कको आरोप छ ।

 

मस्क नेतृत्वको समूहले करिब ९७.४ अर्ब डलरमा ओपनएआई किन्ने प्रस्ताव गरेका छन्। मस्कले यसलाई गैर नाफामुलक अनुसन्धान प्रयोगशालामा रूपान्तरण गर्न चाहन्छन्। मस्कका वकिलले पनि यसको पुष्टि गरेका छन् । मस्कले अब ओपनएआईलाई ओपन सोर्सतर्फ लैजाने समय आएको बताएका हुन । यसले सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ र उनीहरूले त्यसो गरिरहने छन्।

 

मस्कको प्रस्तावलाई अस्वीकार गर्दै अल्टम्यानले उल्टै मस्कको ट्विटर किन्न प्रस्ताव गरेका छन्। उनले भनेका छन्, ‘धन्यवाद, तर तिमी चाहन्छौ भने ९.७४ अर्बमा ट्विटर खरिद गर्छौं ।’ जबकी, मस्कले २०२२ मा ४४ अर्ब डलरमा ट्विटर किनेका थिए र त्यसपछि मस्कले वास्तविक मूल्यभन्दा धेरै गुणा बढीमा यो सम्झौता गरेको भनिएको थियो ।