Ad Image

नेसपामा आज नेतृत्व चयन गरिँदै, अध्यक्षमा बाबुरामलाई टक्कर दिँदै नेत्र

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739073918.png

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) मा आज नेतृत्व चयन गरिँदै छ । काठमाडौंमा आइतबारबाट सुरु भएको महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । 

 

पार्टीको अध्यक्षका लागि डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन् । दिउँसो ३ बजेबाट हुने मतदानले ९९ जनाको कार्यसमिति चयन गर्नेछ ।

 

पार्टीका संस्थापक सदस्य चापागाईँ अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् । उनको प्रस्तावकमा गोरखा अजिरकोटका कृष्ण अधिकारी प्रस्तावक र कास्की—२७, पोखराका विशाल तिमिल्सिना समर्थक छन् ।