Ad Image

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739263251.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

 

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

 

सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।

 

बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालको निर्णय छ ।


यस्तो निर्णय गर्नु अगाडि जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन समेतका आधारमा यस्तो निर्णयमा पुगिएको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए ।

 

‘भूमि सम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने, सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधान छ । भू-माफियाको प्रभाव बढ्न नदिन र जनताको पक्षका लागि यस्तो निर्णयमा पुगिएको हो,’ अधिकारीले  भने ।