बैंककमा घट्याे अनाैठाे घटना, गुडिरहेको बस तारमा झुन्डियो


थाइल्यान्ड । सोमबार राति बैंककको टाकसिन रोडमा उद्धारकर्ताहरूले अचम्मको दृश्य देखे। त्यहाँ एउटा बस तारमा झुन्डिरहेको थियो।
बैंकक पुल पार गरेपछि गाडी सडकबाट चिप्लिएर तारमा अल्झिन पुगेको थियो।
बैंकक पोस्टका अनुसार उद्धारकर्ता र बिजुली मर्मत टोलीलाई राति ११:४५ बजेतिर घटनास्थल बोलाइएको थियो।
बस चालक ३४ वर्षीया अपिन्याका अनुसार बैंकक पुल हुँदै चोम थोङ रोड तर्फ जाँदै गर्दा बस अचानक चिप्लियो र उनले नियन्त्रण गुमाइन्।
प्रहरीले भन्यो कि यो रातको अन्तिम नम्बर १६७ बस थियो र घटनाले ट्राफिकमा थोरै प्रभाव पारेको थियो।
तर दुर्घटनामा कसैलाई पनि चोट नलाग्नु भाग्यको कुरा ठानियो। घटनास्थलका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भए।
मर्मत टोलीले बसमा अल्झिएका ताररू हटाइदिए र क्रेनको मद्दतले बसलाई जमिनमा झारियो।